राष्ट्रियसभा उपनिर्वाचनः उम्मेदवारबारे छलफल गर्दै कांग्रेस, माओवादी र जसपा काठमाडौं। नेपाली कांग्रेस,माओवादी र जसपा बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा छलफलमा जुटेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह समेतको समर्थनमा उठाएका उम्मेदवारका सम्बन्धमा छलफल हुने माओवादीका एक नेताले बताए। कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षको समेत समर्थनमा माधव नेपाल पक्षकै डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। तर नेपाल पक्ष प्रधानमन्त्री ओलीसँग मिल्ने भएपछि उनीहरु छलफलमा जुटेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्