तीन दिनभित्र सहमतिको खाँका तयार गर्नु पर्ने माधव नेपाल समूहको निष्कर्ष काठमाडौं। कार्यदल गठन भएको ३ दिनभित्र एमालेको विवाद टुङ्ग्याउनु पर्ने पक्षमा माधव नेपाल समूहको निष्कर्ष रहेको छ।शीर्ष नेताहरुको भर्चुअल बैठकले निकालेको यो निष्कर्ष आजै बस्ने नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव गरिने भएको एक नेताले बताए। सहमतिको खाँका तत्काल तयार नभए विश्वासमा संकट हुन्छ।त्यही भएर तीनदिनको म्याद राखेको ती नेताले बताए। केहीबेरमा नेपाल पक्षीय केन्द्रीय कमिटीको भर्चुअल बैठक बस्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्