नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भए : डा. बाबुराम भट्टराई
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी ओली पुनः चतुर साबित भएको टिप्पणी ट्विटरमार्फत् गरेका छन्। “जनतालाई कोरोना आतङ्कबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ।सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएका छन्। अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ,” उनले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्
