महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल गर्दै काठमाडौं। विपक्षी दलहरूले नयाँ सरकार बनाउने अवस्थाबाट पछि हटेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। अब प्रधानमन्त्रीले बहुमतको सरकार बनाउनेबारे छलफल अघि बढाएको जसपाका एक नेताले देखापढीलाई बताए। यता, नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले बहुमतीय सरकार बनाउन सक्ने आशंका व्यक्त गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्