प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (३) अनुसार सरकार बनाउने काठमाडौं। राष्ट्रपतिले दिएको समयमा विपक्षी दलहरूले बहुमतसहित सरकारको दाबी गर्ने अवस्था नभएपछि प्रधानमन्त्रीले केपी शर्मा ओलीले नै पुनः प्रधानमन्त्रीका लागि दाबी गर्ने भएका हुन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका हुन्। नेकपा एमाले १२१ सांसदसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्