कांग्रेसको पदाधिकारी बैठक : प्रधानमन्त्री ओलीले बहुमतीय सरकार गठनको दाबी गर्न नहुने निष्कर्ष काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले बहुमतीय सरकार गठनका लागि प्रधानमन्त्री केपी ओलीले दाबी गर्न नहुने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने कसरत भए पनि बहुमत नपुगेपछि कांग्रेस पछि हटेको हो। “प्रधानमन्त्री एकपटक असफल भइसक्नुभएको छ। अब फेरि संविधानको ७६ को उपधारा २ बमोजिम गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,” सहमहामन्त्री प्रकाशशरण महतले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्