एमाले नेतृ रामकुमारी झाँक्री भन्छिन्- ठोस प्रस्ताव बिना संवादको औचित्य छैन
काठमाडौं। एमाले नेतृ रामकुमारी झाँक्रीले लिखित सहमतिबिना अलमलमा पर्न नहुने बताएकी छन्। बुढानिलकण्ठमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता चलिरहँदा नेतृ झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन्,“ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न। ठोस प्रस्तावबिनाको संवादको अर्थ छैन। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ, सचेत बनौं।”
प्रतिक्रिया दिनुहोस्
