भक्तपुरको होटेलमा महन्थ पक्षका १९ जना सांसदहरूको भेला काठमाडौं। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा १९ जना सांसद खुलेका छन्। बुढानीलकण्ठमा देउवासँग भेटेर आएपछि महन्थ ठाकुरले आफ्ना निकटका सांसदहरूलाई भक्तपुरको एक होटेलमा भेला गराएका हुन्। सांसद प्रमोद साहले भने, “हामी १९ जना सांसद अहिले एकै ठाउँमा छौं, सरकार नबनाउने पक्षधर भेला भएका छौं।” जसपाका शीर्ष नेताहरूसमेत सँगै रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्