बुढानिलकण्ठमा देउवासँग महन्थ ठाकुर र राजेन्द्र महतो छलफलमा काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। सभापति देउवासँग ठाकुर र महतोबीच झण्डै एक घण्टादेखि छलफल भइरहेको एक नेताले देखापढीलाई बताए। राष्टपति विद्यादेवी भण्डारीले विपक्षी दलहरुलाई नयाँ सरकार बनाउन दिएको समयसीमा आज सकिँदैछ। तटस्थ बस्ने निर्णय गरेका ठाकुर र महतोले देउवालाई भेट्नु अर्थपूर्ण मानिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्