एमाले अध्यक्ष ओलीको कदम सकारात्मक छ, धन्यवाद भन्न चाहन्छुः सुरेन्द्र पाण्डे काठमाडौं। एमाले नेता सुरेन्द्र पाण्डेले कारबाही फुकुवा गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सकारात्मक भएको भन्दै धन्यवाद दिएका छन्। आज बालुवाटारमा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेपछि नेता पाण्डले अध्यक्षको सकारात्मक कदम भएको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै देखापढीसँग भने, “पहिले नै हामीले गल्ती कदम भनेका थियौं,कारबाही फिर्ता लिनुभयो,अध्यक्षको सकारात्मक कदम हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्