‘सेडिस्ट’ बन्दै नेपाल समूह काठमाडौं। नेकपा एमाले नेताहरूले माधव नेपाल समूह ‘सेडिस्ट’ बन्ने खतरा बढेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेपालपक्षीय नेताहरूले राजीनामा दिने बताइरहेका बेलामा यस्तो टिप्पणी आएको हो। अङ्ग्रेजी शब्द ‘सेडिस्ट’को अर्थ हो, अरूलाई दुःख दिएर आनन्द लिने। “आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाउन राजीनामा दिनेहरूलाई ‘सेडिस्ट’ नभनेर के भन्ने?” एक नेताले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्