गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ फेरि नियुक्त भएका छन्। विपक्षी गठबन्धनले बहुमत प्रमाणित गर्न नसकेपछि ठूलो दलको हैसियतमा फेरि गुरुङलाई नै नियुक्ति दिइएको हो। प्रदेश प्रमुख सीता पौडेलले विपक्षी दललाई बहुमत पुर्‍याउन ७२ घण्टाको समयसीमा दिएको थियो। प्रदेश प्रमुख पौडेलले सविधानको १६८ को ३ अनुसार मुख्यमन्त्रीमा गुरुङलाई नियुक्त गरेकी हुन् । गुरुङले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्