देउवालाई विष्णु रिजालको चेतावनीः जसपा र एमाले फुटाउदा कांग्रेस फुट्न सक्छ काठमाडौं। नेकपा एमाले नेता विष्णु रिजालले शेरबहादुर देउवालाई सरकार बनाउन जसपा वा एमाले फुटाउने खेलमा नलाग्न चेतावनी दिएका छन्।उनले सामाजिक सञ्जालमार्फत भने,“जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो। किनकी, ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरोना भएको छैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्