कर्णालीमा दुई मन्त्रीको राजीनामापछि तीन मन्त्री नियुक्त सुर्खेत। कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीनजना मन्त्रीलाई नियुक्त गरेका छन्। आज नवनियुक्त भएका मन्त्रीहरुमा गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपाली रहेको बताइएको छ।आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र कानूनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका थिए। दुवै मन्त्रीको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरिसकेका छन्। नवनियुक्त शर्मालाई अर्थ र विष्टलाई कानूनमन्त्री र नेपालीलाई जलश्रोतमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्