प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। आज केहीबेर अघि अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको ठाकुर निकट नेताले देखापढीलाई बताए। उनले भने, ‘अहिले अध्यक्ष ज्यू प्रधानमन्त्रीसँग वर्तमान राजनीतिक सन्दर्भबारे छलफलमा हुनुहुन्छ।’ २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्