किनबेच गरेर सरकार बनाउने गलत संस्कारले कांग्रेसको भलो गर्दैन : राप्रपा अध्यक्ष थापा काठमाडौं। राप्रपाका अध्यक्ष कमल थापाले अपवित्र गठवन्धन बनाएर, पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार रअभ्यासले कांग्रेसको भलो नगर्ने बताएका छन्। यसले प्रजातन्त्रलाई विकृत बनाउने उनले जनाए। “सम्पूर्ण राष्ट्रिय शक्ति र स्रोत अहिले कोरोना महामारीविरुद्ध केन्द्रित गरौं। राष्ट्रिय संकल्प र प्रयास भए केही महिनाभित्र कोरोनाको कहरबाट देशले मुक्ति पाउनसक्छ। अनि उत्साहका साथ चुनावमा जाऔँ” थापाले ट्वीट गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्