कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई बहुमत पुर्‍याउन यसकारण मुस्किल छ काठमाडौं। राष्ट्रपतिले बहुमतीय सरकार गठन लागि आह्वान गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई १३६ जना सांसदको समर्थन जुटाउन मुस्किल पर्ने देखिएको छ। अहिलेको अवस्थामा यो गठबन्धनमा १२४ जना सांसद छन्। जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको समर्थन वा एमालेको माधव नेपाल पक्षको राजीनामा नआए बहुमत पुग्ने अवस्था छैन। जसपा अध्यक्ष ठाकुरले सरकार बनाउने खेलमा नलाग्ने विज्ञप्ति जारी गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनको योजना संकटमा परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्