भारत–पाकिस्तान तनावबारे के भन्छ साउदी अरब? एजेन्सी। साउदी अरबले भारत–पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न आफूले सक्दो प्रयास गर्ने बताएको छ। साउदीका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हालै गरेको साउदी भ्रमणका बेला यस्तो धारणा राखेका हुन्। दुई देशबीचको सम्बन्धबारे उनले सरकारी मिडियासँग कुरा गर्दै भने, ‘‘पछिल्ला दिनमा दुई देशबीच तनाव कम भएको छ, युद्धविराम भएको छ। यो राम्रो हो।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्