राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न ३० गतेको समयसीमा काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख ३० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत नपाएर पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने संसद सदस्यलाई ३० गते साँझ ९ बजेभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्