विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव : राप्रपा अध्यक्ष थापा काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले अहिले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव भएको बताएका छन्। महामारीबीच राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै उनले ट्वीट गरेका छन्, “प्रम पदमुक्त छन्, सरकार काम चलाउ। यो स्थिति अन्त गर्न छोटो समय दिएर राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरू गर्नुपर्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्