संसदको विशेष अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस काठमाडौं। आजको संसद बैठक सकिने वित्तिकै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्