नयाँ सरकार गठन प्रक्रिया थाल्न तीन दलको राष्ट्रपतिलाई आह्वान काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आजको संसदबाट विश्वासको मत नपाइ पदमुक्त भएकाले संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठन गर्ने प्रक्रिया सुरु गर्न प्रेस विज्ञप्तिमा आह्वान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्