प्रधानमन्त्रीको पक्ष वा विपक्ष कुनैमा छैनौंः महन्थ ठाकुर
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्षमा नभएको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने,“लोकतन्त्र आए पनि हामी पीडित छौं, रेशम चौधरी हामीसँगै हुनुपर्ने हो तर छैन।” प्रदेशमा पनि हाम्रा कार्यकर्ताहरु मुद्दा खेपिरहेको बताए। संविधानमा त्रुटी भएकाले यी समस्या उत्पन्न भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्
