
कोभिडका बेला भ्रष्टाचार गरे क्षम्य हुँदैन, दोषी पाइए कारबाही हुन्छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको कोभिड महामारीका बेला कसैले भ्रष्टाचार गरे क्षम्य नहुने चेतावनी दिएका छन्।प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाए। “औषधि खरिदमा कहिँ नभएको कनेक्सनलाई जोडेर हेरिएको छ”, उनले भने, “कोभिड महामारीको साझा संकटका बेला कसैले भ्रष्टाचार गर्छ भने त्यो क्षम्य हुँदैन । छानबिन हुन्छ। दोषी पाइए कारबाही हुन्छ।”
प्रतिक्रिया दिनुहोस्