नेगेटिभ रिपोर्ट देखाएर संसद भवनभित्र प्रवेश गर्दै सांसदहरू
काठमाडौं। कोभिड–१९ को नेगेटिभ रिर्पोट देखाएर सांसदहरू संसद भवन प्रवेश गरिरहेका छन्। प्रतिनिधिसभाको विशेष अधिवेशन १ बजेको लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। कोरोनाबाट २६ जना सांसदहरू संक्रमित छन्। उनीहरूले केही दिनअघि स्वाब परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो। कोरोना पोजिटिभ देखिएका सांसदहरुको लागि छुट्टै स्थानमा बस्ने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
