संवैधानिक परिषदद्वारा सबै संवैधानिक निकायहरूमा पदाधिकारी र सदस्य सिफारिस काठमाडौं। संवैधानिक परिषदले रिक्त रहेका सबै संवैधानिक निकायहरुमा पदपूर्ति गरेको छ। परिषदको बैठक हिजो बिहान बालुवाटारमा बसेको थियो। लोकसेवा आयोगको अध्यक्षमा माधव रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्तमा डा.हरि पौडेल र सुमित्रा अमात्य, निर्वाचन आयोगको आयुक्तमा सगुन शमसेर जबरा, राष्ट्रिय समावेशी आयोगमा डा.रामकृष्ण तिमिल्सिनालाई सिफारिस गरिएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महिला आयोग, दलित आयोगमा सदस्यहरुलाई सिफारिस गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्