पश्चिम बंगालमा ४३ मन्त्रीले लिए शपथ एजेन्सी। भारतको पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको सरकारमा ४३ जनाले मन्त्री पदको शपथ लिएका छन्। पश्चिम बंगाल विधानसभामा अत्यधिक बहुमतका साथ विजयी भएपछि ममता बनर्जी लगातार तेस्रो पटक मुख्यमन्त्री बनेकी छन्। कोलकत्तास्थित राजभवनमा राज्यपाल जगदीप धनखडले सबै मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका थिए। तीन जना मन्त्रीले भने भिडियो कन्फ्रेन्सका माध्यमबाट शपथ लिएका थिए।
प्रतिक्रिया दिनुहोस्