कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्व सभापति कार्कीको निधन
काठमाडौं। नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्व सभापति ७८ वर्षीय पृथ्वीबहादुर कार्कीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ। विसं१९९९ पुस१४ गते जन्मिएका स्वर्गीय कार्की२०१८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न रहँदै आएका थिए। नेपालमा लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा स्वर्गीय कार्कीले पटक–पटक जेल जीवन बिताएका छन्। उनको निधनबाट पार्टीले एक अग्रज नेतृत्व गुमाएको नेपाली कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
