अवैध अध्यक्षको ह्वीप किन मान्ने ?: भीम रावल काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भएकाले ह्वीप नमान्ने बताएका छन्। आज माधव समूहको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी क्रममा नेता रावलले भने, ‘केपी ओलीले सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडिरहेकाले उनी अवैध अध्यक्ष हुन्।’ ह्वीप मान्नलाई पहिले अध्यक्ष ओली वैध हुनुपर्ने बताए। ‘सर्वोच्चको फैसला बमोजिम बैठक बोलाउनुपर्छ, अनि ह्वीप मान्न सकिन्छ’, उनले थपे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्