नेपाल पक्षको छलफलः २१ जना सांसद उपस्थित
काठमाडौं। माधव नेपाल पक्षको सिंहदरवारमा सुरु भएको बैठकमा २१ जना सांसद उपस्थित रहेको बताईएको छ। उपस्थित सांसदमा अधिकांश प्रत्यक्ष निर्वाचित सांसद रहेको बताइएको छ। सांसद जयकुमार राईले छलफल सुरु भएको र राजीनामा दिने सम्बन्धमा निर्णय नभइसकेको बताए। छलफलले नै आवश्यक निष्कर्ष दिने उनले बताए। अझै पनि सहमतिको प्रयास जारी रहेको राईको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्
