प्रचण्डले भने-ओली सरकारलाई छिटो विदा गर्नुको विकल्प छैन काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई चाँडो विदा गर्नुको विकल्प नभएको बताएका छन्। भारत नेपाली एकता मञ्चले आयोजना गरेको जुम मिटिङमा उनले भने, "सरकारले कोभिडको विषयमा मात्र नभइ समग्र विकासमा पनि प्रतिगमन र प्रतिगामी दिशा पक्रेको कारण विदा गर्नुको विकल्प छैन।" गलत प्रवित्ति र विचारकोविरुद्धमा भएको संघर्षले अब निकास दिने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्