गण्डकी प्रदेश प्रमुखद्धारा तीन दिनभित्र सरकार बनाउन आह्वान पोखरा। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छिन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी आह्वान गरेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै पदबाट राजिनामा दिएका थिए। अर्को सरकार गठन नभएसम्म गुरुङ नेतृत्वको सरकारले काम चलाउ सरकारको रुपमा काम गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्