बैठक बहिस्कार गरेका देउवाको कोटामा सिफारिस भए लाेकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी काठमाडौं। संवैधानिक परिषद्को बैठक बहिस्कार गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाट लोकसेवा आयोगका अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस भएका छन्। आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्षमा रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको हो। रेग्मीलाई देउवाको कोटाबाट सिफारिस गरेको श्रोतले जनाएको छ। बैठकले निर्वाचन आयोग र राष्ट्रिय अनुसन्धान विभागमा सिफारिस गरे पनि औपचारिक रुपमा नाम सार्वजनिक गरिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्