अक्सिजनको अभाव हुन दिइँदैन : राज्यमन्त्री मानन्धर काठमाडौं।सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागि सरकारले आवश्यक सबै उपाय अवलम्बन गरिरहेको बताएका छन्। बालाजुस्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै मानन्धरले निजी अस्पतालहरुमा उपचारमा सहयोग गर्ने बताए ।कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन सरकारले काम गरिरहेको उनको भनाई थियो।हरेक नागरिकको जीवनरक्षा सरकारको प्राथमिकता भएको भन्दै उनले उपचारका क्रममा समस्या भएमा राज्यको निकायमा सम्पर्क गर्न अनुरोध गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्