नेपाल समूहसँग वार्ताका लागि प्रधानमन्त्रीले खटाए दुई नेता काठमाडौं। माधव नेपाल समूहले राजिनामा दिने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न दुई नेतालाई सिंहदरबार पठाएका छन्। एमाले संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेललाई माधव नेपाल समूहसँग छलफल गर्न सिंहदबार पुगेका हुन्। नेपाल समूह एकताको लागि सबै विकल्प सकिएको भन्दै राजिनामा नै उपयुक्त हुने निष्कर्षमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्