कांग्रेस सभापति देउवाको रणनीति: बैठकमा नजाने तर नियुक्तिमा भाग नछोड्ने काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठक लगातर बहिस्कार गर्दै आएका छन्। तर उनको कोटामा संवैधानिक आयोगमा भने धमाधम नियुक्ति भइरहेको छ। आज मात्रै लोकसेवा आयोगको अध्यक्षमा डा.माधव रेग्मीलाई देउवाको कोटाबाट सिफारिस भएका छन्।अघिल्लोपटक बैठकमै नगइ देउवाको कोटामा १३ जनाले विभिन्न आयोगमा नियुक्ती पाएका थिए। बैठकमा नजाने तर नियुक्तिमा भाग नछोड्ने नीतिमा देउवा उनी निकट स्रोतले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्