कोभिड-१९ को कारण विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित काठमाडौं। आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ। तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टीबिच गतवर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा थियो।हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोनाका कारण महाधिवेशन जेठमा गर्न नसकिने र परिस्थिति सहज बनेपछि नयाँ मिति तय गरिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्