अन्तिम समयमा जसपाले पनि प्रधानमन्त्रीको साथ छोड्दै काठमाडौं। जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णयमा पुगेको छ। माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ सरकार बनाउने गरी अघि बढेसँगै जसपाले पनि आफ्नो रणनीति बदल्न लागेको हो। जसपाका एक नेताले भने, ‘प्रधानमन्त्रीलाई खेर जाने मत किन दिने? खेर जाने मत दिएर आफ्नो पार्टीलाई किन अप्ठ्यारोमा पार्ने?’ प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्