सामूहिक राजीनामा दबाबमात्रै, कार्यान्वयनका लागि व्यक्तिगत रूपमा दिनुपर्ने काठमाडौं।माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिन हस्ताक्षर गरेकाे बताइएको छ।तर कार्यान्वयनका लागि सामूहिक राजीनामा नभई व्यक्तिगत रुपमा संसद सचिवालयमा बुझाउनुपर्ने देखिएको छ। सामूहिक राजीनामाको विषयले कानूनको उद्देश्य कार्यान्वयन नहुने र व्यक्तिगत सम्बोधन नै गरेर राजीनामा दिनुपर्ने सचिवालय स्रोतले बतायो।“एकैपटक राजीनामा दिन मिल्यो, तर कार्यान्वयनयोग्य हुन व्यक्तिगत नै चाहिन्छ”, स्रोतको दाबी छ।सामूहिक राजीनामा प्रेसरका लागि भने उपयुक्त हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्