एमालेको खनाल-नेपाल समूहको बैठक बस्दै, एमाले एकता निर्णायक मोडमा काठमाडौं। एमाले खनाल-नेपाल समूहको बैठक बस्न लागेको छ। आज दिउँसो बैठक बस्ने र राजीनामा दिनेबारे थप छलफल हुने तय भएको माधव निकटका एक सांसदले देखापढीलाई बताए। एमालेलाई एकताबद्ध बनाउन २ जेठ,२०७५को अवस्थामा फर्काउने प्रयत्न विफल भएपछि माधव नेपाल समूहले आज राजीनामा दिने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सताच्युत नगरी पार्टी जोगाउन नसकिने निष्कर्ष शीर्ष नेताहरूले निकालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्