चीनद्वारा अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द एजेन्सी। चीनले अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता अनिश्चितकालका लागि रद्द गरिदिएको छ। चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभको दुई सम्झौता अस्ट्रेलियाले रद्द गरेपछि आक्रोशित चीनले प्रतिक्रिया स्वरुप यो निर्णय गरेको हो। चीनले अस्ट्रेलियासँग कोइला, फलाम, गहुँलगायतका सामान आयातसमेत स्थगित गरिदिएको छ। अस्ट्रेलियाले शीतयुद्धकालीन मानसिकता राखेको र वैचारिक भेदभावमा उत्रिएको चीनको आरोप छ। चीनको अहिले भारत र अमेरिकासँग पनि व्यापारिक सम्बन्ध चिसिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्