अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्नु गैरजिम्मेवार : नेता नेपाल काठमाडौं। नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपना र अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। नेता नेपालले आज सामाजिक सञ्जालमा लेख्दै गलत बाटोबाट गरिने नियुक्ति तत्काल बन्द गर्नुपर्ने बताए। कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। सरकार जनताप्रतिको मुख्य दायित्वबाट च्युत हुन नमिल्ने भन्दै ध्यानाकर्षण समेत गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्