जसपामा नयाँ ट्विस्ट : विश्वासको मत दिनेबारे महन्थ ठाकुर तटस्थ बस्ने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेबारे महन्थ ठाकुर तटस्थ बस्ने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत दिन औपचारिक आग्रह नगरेको र पार्टीभित्रको विवादलाई ध्यानमा राखेर तटस्थ बस्ने जसपाका एक नेताले बताए। ओलीको रणनीतिअनुसार नै जसपाको महन्थ पक्ष तटस्थ बस्ने ती नेताले उल्लेख गरे। उपेन्द्र यादवले भने आफ्ना निकटका सांसदलाई विश्वासको मतको विपक्षमा भोट हाल्न भनिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्