देउवालाई भेटेलगत्तै माधव नेपाल राष्ट्रपति निवासमा काठमाडौं। नेकपा एमालेका नेता माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपति निवास पुगेका छन्। नेता नेपाल केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। के विषयमा छलफल हुन्छ भन्नेबारे भने खुलाइएको छैन। हिजो माधव नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्