जसपा नेता भण्डारी भन्छन्- को सँग बहुमत छ ? पार्टीको बैठक बसेर बहुमत सिद्ध गरे हुन्छ काठमाडौं। जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले घर-घरमा गएर सांसदलाई हस्ताक्षर गराउनु अराजनीतिक काम भएको बताएका छन्। यस्तो काम गर्ने दुवै पक्ष गलत भएको प्रष्ट पार्दै उनले भने, 'जोसँग सांसद र कार्यकारिणी सदस्य छन्, पार्टीको बैठकबाट टुंग्याउनु पर्‍यो नि, अल्पमत र बहुमत(लोकतान्त्रिक विधि)बाट निर्णय गर्नुपर्छ।' उनले अहिलेसम्म कतै पनि हस्ताक्षर नगरेको बताउँदै पाँचजनाको पदाधिकारी बैठकको निर्णय मान्य नहुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्