राष्ट्रियसभा उपनिर्वाचनः एमालेको उम्मेदवार को ? काठमाडाैं।विपक्षी गठबन्धनबारे विश्लेषणपछि मात्र एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा को उम्मेदवार भन्ने तय गर्ने भएको छ।आजको स्थायी कमिटी बैठकमा उपनिर्वाचनको तयारीको सम्बन्धमा छलफल भएपनि उम्मेदवार भने तय गरेको छैन।“अहिले उम्मेदवार को हुने भन्ने टुङ्गो लागेको छैन।यसबारे पछि कुरा हुन्छ”,उनले भने।एमालेले रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेपनि कांग्रेस माओवादी गठबन्धनले डा.खिमलाल देवकोटालाई उठाउने निर्णय गरेपछि एमालेले उम्मेदवारका सम्बन्धमा थप तयारी गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्