मन्त्री जुली महतो दम्पति कोरोना सङ्क्रमित काठमाडौं। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान रघुवीर महासेठ कोरोना सङ्क्रमित भएका छन्। आज सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री महतोले कोरोनाबाट सङ्क्रमित भएको जानकारी दिइन्। उनले लेखेकी छन्, "चिकित्सकको निगरानीमा छु। आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पूर्ण स्वस्थ भएर नियमित काममा फर्किनेछु।" उनले सबैजनालाई सजग बन्न आग्रह समेत गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्