प्रधानमन्त्री ओली देउवालाई भेट्न पुगे बुढानिलकण्ठ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेतासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। आधाघण्टा अघि प्रधानमन्त्री ओली नेताहरु सुबास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा बादलसहित देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, 'प्रधानमन्त्री ओली देउवालाई भेट्न जानुभएको छ।' राष्ट्रियसभा उपचुनावका सन्दर्भमा र वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्