गृहमन्त्री बादलको प्रतिद्वन्द्वी उम्मेदवार डा. देवकोटा को हुन्? काठमाडौं। जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा विपक्षी दलहरूको रोजाइमा परेका डा. खिमलाल देवकोटा संघीयता र योजनाविज्ञ हुन्। डा. देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव समूह र जसपाको यादवपक्षले साझा उम्मेदवारका रूपमा सारेका छन्। देवकोटा अहिले माधव समूहनजिक छन्। उनी प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष भइसकेका छन्। उनी उपनिर्वाचनमा एमालेका रामबहादुर थापाको प्रतिद्वन्द्वी उम्मेदवार बन्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्