सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेसको आपत्ति काठमाडौं। नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशप्रति आपत्ति जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले अध्ययादेशप्रति आपत्ति जनाएको हो। सहमहामन्त्री प्रकाशशरण महतले भने, "अध्यादेशको माध्यामबाट संवैधानिक आयोगका विषयहरुलाई फेरि अघि बढाउने काम भएको छ। संसदलाई पटकपटक छलेर यि कुराहरु भइरहेका छन्। यसको भत्सर्ना गर्छ ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्